नेभिगेशन
शुक्रबार, कात्तिक २७, २०८३

तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजार घट्याे

काठमाण्डाै – तिहार बिदापछिको पहिलो कारोबार दिन शेयर बजार घटेको छ । शेयर बजार परिसूचक नेप्से आज ६.३२ अङ्कले घटेर २ हजार ६४८.८९ विन्दुमा झरेको छ । नेप्से अघिल्लो शुक्रवार २० गतेपछि आज खुलेको हो ।

आज विकास बैंक, होटल तथा पर्यटन, जलविद्युत् र निर्जीवन बीमा बाहेक सबै समूहको उपसूचक घटेको छ । आज १६० वटा कम्पनीको शेयर घटेकोमा ११० वटाको बढेको छ । ९ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज क्रेस्ट माइक्रो लाइफ इन्सुरेन्सको शेयर साढे ९ प्रतिशतले घटेको छ । श्वेग गङ्गा हाइड्रोपावरको शेयर साढे ७ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । अघिल्लो कारोबार दिन ३ अर्ब ४६ करोडको कारोबार भएकोमा आज ३३५ वटा कम्पनीको ७८ लाख ४४ हजार कित्ता शेयर ३ अर्ब ५ करोड रुपैयाँमा किनबेच भएको छ । 

प्रकाशित मिति:
थप अर्थ