नेभिगेशन
बिहीबार, कात्तिक २६, २०८३

३ महिनामा ४२ अर्ब ३२ करोडभन्दा धेरै वैदेशिक सहायता प्राप्त

काठमाण्डाै – चालू आर्थिक वर्ष २०८३/८४ को पहिलो तीन महिनामा नेपालले ४२ अर्ब ३२ करोड रुपैयाँभन्दा धेरै वैदेशिक सहायता प्राप्त गरेको छ ।

अर्थ मन्त्रालयका अनुसार साउन, भदौ र असोज महिनामा कुल ४२ अर्ब ३२ करोड ५१ लाख रुपैयाँभन्दा धेरै सहायता भित्रिएको हो ।

प्राप्त कुल वैदेशिक सहायतामध्ये ऋणको हिस्सा ८१.१३ प्रतिशत र अनुदानको हिस्सा १८.८७ प्रतिशत रहेको छ । जसमा ऋणतर्फ ३४ अर्ब ३४ करोड २ लाख रुपैयाँभन्दा धेरै र अनुदानतर्फ ७ अर्ब ९८ करोड ४९ लाख रुपैयाँभन्दा धेरै रकम प्राप्त भएको छ ।

सरकारले चालू आर्थिक वर्षमा कुल ३ खर्ब ९ अर्ब २ करोड रुपैयाँभन्दा धेरै वैदेशिक सहायता भित्र्याउने लक्ष्य राखेको छ । पहिलो त्रैमासिकमा वार्षिक लक्ष्यको १३.६९ प्रतिशतमात्रै सहायता प्राप्त भएको हो ।

सहायता प्राप्तिको तुलनामा वैदेशिक सहायता प्रतिबद्धता भने निकै न्यून देखिएको छ । साउनदेखि असोज मसान्तसम्ममा कुल ६ अर्ब ८७ करोड ११ लाख रुपैयाँ बराबरको मात्रै सहायता प्रतिबद्धता प्राप्त भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
थप अर्थ