नेभिगेशन

भारतीय सेना प्रमुख धीरज सेठ नेपालमा

काठमाण्डाै – नेपालमा पछिल्लो समय विकसित विशेष परिस्थिति र बदलिँदो भू–राजनीतिक प्रतिस्पर्धाबीच भारतीय स्थल सेनाध्यक्ष धीरज सेठले आफ्नो कार्यकालको पहिलो विदेश भ्रमण नेपालबाट शुरू गर्नुभएको छ ।

अघिल्लो महिना भारतीय सेनाको नेतृत्व सम्हाल्नुभएका सेठले भोलि राष्ट्रपति रामचन्द्र पौडेलबाट नेपाली सेनाको मानार्थ महारथीको सम्मान ग्रहण गर्नुका साथै प्रधानसेनापति अशोकराज सिग्देल र रक्षामन्त्रीको समेत जिम्मेवारीमा रहनुभएका प्रधानमन्त्री वालेन्द्र शाहसँग भेटवार्ता गर्ने कार्यक्रम छ ।

विज्ञहरूका अनुसार २ देशका सेना प्रमुखबीच एकअर्काको मानार्थ जनरल हुने परम्परा रहे पनि यस भ्रमणले दिल्लीको विशेष रणनीतिक अभिरुचि दर्शाउँछ ।

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार भ्रमणका क्रममा सैन्य आदानप्रदान, तालिम र संयुक्त अभ्यासहरूबारे छलफल हुनेछ ।

कूटनीतिक तहमा संवाद निरन्तर हुन नसकिरहेका बेला २ देशबीचको सुरक्षा चिन्ता, सीमासम्बन्धी विषय तथा भारतीय सेनामा अवरुद्ध गोर्खा भर्ती (अग्निपथ योजना) का सन्दर्भमा यो उच्चस्तरीय सैन्य भ्रमणलाई निकै अर्थपूर्णरूपमा हेरिएको छ ।

प्रकाशित मिति:
थप राजनीति