नेभिगेशन

भारतीय स्थल सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान

काठमाण्डाै – राष्ट्रपति रामचन्द्र पौडेलले भारतीय स्थल सेनाध्यक्ष धीरज सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको छ ।

राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित विशेष समारोहमा राष्ट्रपति पौडेलले भारतीय सेनाध्यक्ष सेठलाई मानार्थ महारथीको दर्जा प्रदान गर्नुभएको हो ।

नेपाल र भारतबीच सन् १९५० देखि एकअर्का देशका सेना प्रमुखलाई मानार्थ महारथीको दर्जा प्रदान गर्ने ऐतिहासिक परम्परा रहिआएको छ ।

सन् १९५० मा भारतीय सेनाध्यक्ष के एम करियप्पालाई नेपालले र सन् १९६९ मा नेपाली सेनापति सुरेन्द्रबहादुर शाहलाई भारतले मानार्थ महारथी दिएपछि याे परम्परा निरन्तर चल्दै आएको हाे । अहिलेसम्म भारतका २४ र नेपालका २१ सेनापतिले यो सम्मान पाइसकेका छन् ।

सेनाध्यक्ष सेठ ३ दिने औपचारिक भ्रमणका लागि हिजो दिउँसो नेपाल आइपुग्नुभएको हो । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) ले सत्ता सम्हालेयता भारतबाट उच्चस्तरीय भ्रमणमा आउने उहाँ सबैभन्दा वरिष्ठ अधिकारी हुनुहुन्छ । रक्षामन्त्रीको समेत हैसियतमा रहनुभएका प्रधानमन्त्री शाहसँग उहाँले भेटवार्ता गर्ने तयारी रहेको छ ।

प्रकाशित मिति:
थप राजनीति