नेभिगेशन

स्पेनका मिडफिल्डर रोड्रीले बार्सिलोनासँग चार वर्षको सम्म्झौता गर्ने

स्पेनका मिडफिल्डर रोड्री हर्नान्डेज म्यानचेस्टर सिटी छोडेर बार्सिलोना पुगेका छन् । बार्सिलोनाले रोड्रीलाई अनुबन्ध गर्न सिटीलाई झण्डै ६५ मिलियन पाउण्ड अर्थात १३ अर्ब ४५ करोड रुपैयाँ बराबर तिर्ने सहमति गरेको छ ।

रोड्रीले बार्सिलोनासँग चार वर्षको सम्झौता गर्नेछन् । रोड्रीले आफ्नो नयाँ टोली बार्सिलोनाका धेरै खेलाडीलाई स्पेनको राष्ट्रिय टोलीबाट पहिल्यै चिनेको पनि बताएका बीबीसीले जनाएको छ ।

यसअघि रोड्री सन् २०१९ मा एट्लेटिको म्याड्रिडबाट म्यानचेस्टर सिटीमा आबद्ध भएका थिए । सिटीमा रहँदा उनले २९८ खेल खेल्दै सात सिजनमा १२ वटा प्रमुख उपाधि जितेका छन् ।

रोड्रीको सम्झौता सिटीमा अन्तिम वर्षतर्फ अघि बढिरहेका बेला बार्सिलोनाले अनुबन्धका लागि प्रयास तीव्र बनाएको थियो । यसअघि रोड्री रियल म्याड्रिड जाने सम्भावनाबारे चर्चा भएको थियो । तर बार्सिलोनाले उनलाई आफ्नो टोलीमा भित्र्याउन सफल भएको छ ।
 

प्रकाशित मिति:
थप खेलकुद