नेभिगेशन

टप एन्ड टी–२० श्रृंखला खेल्न नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान

काठमाण्डौ — टप एन्ड टी–२० श्रृंखला खेल्न नेपाल ‘ए’ क्रिकेट टोली अष्ट्रेलिया प्रस्थान गरेको छ । टोली गएराति त्यसतर्फ प्रस्थान गरेको नेपाल क्रिकेट सङ्घ (क्यान)ले जनाएको छ ।

अष्ट्रेलिया जाने १५ सदस्यीय टोलीलाई क्यानले अस्ति आइतवार बिदाइ गरेको थियो । यसपटक अष्ट्रेलियामा रहँदा नेपालको कप्तानी अनिलकुमार साहले गर्नेछन् । यही शुक्रवारदेखि शुरु हुने टप एन्ड टी–२० श्रृंखलामा नेपाल ‘ए’ ले पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग खेल्नेछ ।

नेपालले शनिवार बङ्गलादेशको हाई पर्फर्मेन्स, भदौ ८ मा होबार्ट हरिकेन्स एकेडेमी, भदौ १० मा अस्ट्रेलियन क्यापिटल टेरिटोरी, भदौ ११ मा हैदरावाद किङ्समेन एकेडेमी तथा भदौ १३ मा भिक्टोरिया सिए–११ सँग खेल्ने तालिका छ ।

क्यानका अनुसार अष्ट्रेलियामा रहँदा नेपाल ‘ए’ टोलीले न्युजिल्याण्ड ‘ए’, तास्मानिया र साउथ अस्ट्रेलियासँग एकदिवसीय अभ्यास खेलसमेत खेल्नेछ ।

नेपाली टोलीमा अनिलकुमार साह (कप्तान), मयन यादव, तृतराज दास, कुशल भुर्तेल, पवन सर्राफ, रिजन ढकाल, कुशल मल्ल, लोकेश बम, रशिद खान, शाहब आलम, आकाश चन्द, नारायण जोशी, दिनेश अधिकारी, विपिन खत्री, दीपक डुम्रे रहेका छन् ।

प्रकाशित मिति:
थप खेलकुद