नेभिगेशन

फ्रान्सका मिडफिल्डर पोग्बाद्वारा मोनाको क्लबसँगको सम्झौता अन्त्य

काठमाण्डौ — फ्रान्सका स्टार मिडफिल्डर पल पोग्बाले मोनाकोसँगको सम्झौता समयअगावै अन्त्य गर्दै क्लब छाडेका छन् ।

सन् २०२७ सम्म सम्झौता भए पनि दुवै पक्षले तय गरेका लक्ष्य पूरा हुन नसकेपछि मोनाको र पोग्बाबीच सम्झौता टुंग्याइएको हो ।

सन् २०१८ मा फ्रान्सलाई विश्वकप जिताउन महत्वपूर्ण भूमिका खेलेका ३३ वर्षीय पोग्बाले मोनाकोमा बिताएको एक सिजनमा जम्मा ६ खेल मात्र खेले । तीमध्ये पाँच खेलमा उनी बेन्चबाट मैदान प्रवेश गरेका थिए ।

क्लब छाड्ने क्रममा पोग्बाले मोनाकोमा बिताएको समय आफ्ना लागि अविस्मरणीय रहेको बताएका छन् । यसअघि युभेन्टसमा रहँदा डोपिङ प्रतिबन्धमा परेपछि पोग्बा लामो समय फुटबलबाट बाहिरिएका थिए ।

मोनाको छाडेपछि पोग्बाको अर्को गन्तव्य मेजर लिग सकर, अर्थात् एमएलएस हुन सक्ने सम्भावना रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

प्रकाशित मिति:
थप खेलकुद