नेभिगेशन

टप एन्ड टी–२० श्रृंखलामा आज नेपाल ‘ए’ र अष्ट्रेलियन क्यापिटल खेल्दै

काठमाण्डौ – अष्ट्रेलियामा चलिरहेको टप एन्ड टी–२० श्रृंखलामा नेपाल ‘ए’ पुरुष क्रिकेट टोलीले आज अष्ट्रेलियन क्यापिटल टेरिटोरी (एसिटी)सँग खेल्दैछ ।

यी दुई टोलीबीचको खेल दिउँसो सवा ३ बजेदेखि डार्विनको मारारा क्रिकेट मैदानमा सुरु हुनेछ । नेपालले अस्ति होबार्ट हरिकेन्स एकेडेमीलाई ३९ रनले पराजित गरेको थियो । त्यसअघि दुई खेलमा भने नेपाल पराजित भयो ।

पहिलो खेलमा नर्दन टेरिटोरी स्ट्राइकसँग आठ विकेटले हारेको नेपाल दोस्रो खेलमा बङ्गलादेश हाइपर्फमेन्स–११ सँग नौ विकेटले पराजित भयो । यसअघि तीनवटै खेल हारेको एसिटीको टोली भने आज पहिलो जितको खोजीमा छ ।

नौ टोलीको सहभागिता रहेको प्रतियोगितामा नेपाल दुई अङ्कका साथ तालिकाको सातौँ स्थानमा छ । यस संस्करणको टप एन्ड टी–२० सिरिजका लागि नेपाल ‘ए’ को टोलीमा कप्तान अनिलकुमार शाह, कुशल भुर्तेल, पवन सर्राफ, कुशल मल्ल, मयन यादव रहेका छन् ।

यस्तै, दीपक डुम्रे, लोकेश बम, शाहब आलम, राशिद खान, आकाश चन्द, रिजन ढकाल, नारायण जोशी, विपिन खत्री, तृतराज दास र युवराज खत्री पनि टोलीमा समावेश छन् ।

प्रकाशित मिति:
थप खेलकुद