नेभिगेशन

शेयर बजार लगातार पाँचाैँ काराेबार दिन घट्याे

काठमाण्डाै – शेयर बजार लगातार पाँचौँ कारोबार दिन घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १.०४ अङ्कले घटेर २ हजार ५५७.३१ विन्दुमा झरेको छ ।

आज जलविद्युत्, बीमा, म्युचल फन्ड र अन्य बाहेक सबै समूहको उपसूचक बढेको छ । आज १४७ वटा कम्पनीको शेयर बढेकोमा ११८ वटाको घटेको छ । यस्तै ११४ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।

आज अपर हेवाखोला हाइड्रोपावरको शेयर झन्डै साढे ९ प्रतिशतले घटेको छ । बजार सामान्य घटेको दिन सर्वाेत्तम पेन्ट्सको शेयर १५ प्रतिशतले बढेको छ ।

आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ । हिजो ४ अर्ब ७७ करोडको कारोबार भएकोमा आज ३४८ वटा कम्पनीका १ करोड ६ लाख कित्ता शेयर ३ अर्ब ७८ करोड रुपैयाँमा किनबेच भएको छ । 

प्रकाशित मिति:
थप अर्थ