नेभिगेशन

चीनले भन्यो – ‘छोचेन र पुरेपु दोभान नजिकै ठूलो ताल बनेको छ’

काठमाण्डाै – चीनको जलस्रोत मन्त्रालयले छोछेन खोला र पुरेपु त्साङपो नदीको दोभन नजिकै एउटा ताल बनेको बताएको छ । यो तालको पानीको मात्रा आज बिहानसम्म २० लाख घनमिटर अनुमान गरिएको र ताल पहिले नै भरिएको ग्लोबल टाइम्सले जनाएको छ ।

आउँदो ३ दिनभित्र तालमा थप ३० लाख घनमिटर पानी भित्रिने अनुमान छ । यसले गर्दा ताल फुट्ने उच्च जोखिम देखिएको चिनियाँ सरकारी सञ्चारमाध्यम सीसीटीभीले जनाएको छ ।

चीनको जलस्रोत मन्त्रालयले तालको विकासलाई नजिकबाट निगरानी गरिरहेको र आपत्कालीन उद्धार प्रयासहरूका लागि सहयोग प्रदान गर्न बाढी सिमुलेशन र विश्लेषणहरू गरिरहेको खबरमा उल्लेख छ ।

तिब्बतको हिमालय क्षेत्रबाट उत्पत्ति भएका छोचेन र पुरेपु खोला सीमापारि आपसमा मिसिन्छन् । याे खोला बग्दै आएपछि नेपालतिर भोटेकोशी नामले चिनिन्छ । भोटेकोशी त्रिशूली नदीको मुख्य माथिल्लो शाखा हो ।

प्रकाशित मिति:
थप समाज