नेभिगेशन

फिफा निलम्बनका कारण नेपालले एएफसी १७ वर्षमुनिको एसियन कप छनोट गुमायो

फिफा निलम्बनका कारण नेपालले आउँदो नोभेम्बर ८ देखि २० सम्म हुने एएफसी १७ वर्षमुनिको एसियन कप छनोट गुमाएको छ । हिजो एसियाली फुटबल महासंघ (एएफसी)ले प्रतियोगिताको समूह तालिका सार्वजनिक गर्दा नेपाल समावेश छैन ।

गएको असार ११ गते निलम्बनमा परेपछि नेपालले गुमाएको यो पाँचौँ प्रतियोगिता हो । यसअघि नेपालले निलम्बनकै कारण साफ च्याम्पियनसिप २०२६ काे २० वर्षमुनिको एसियन कप छनोट, एएफसी च्याम्पियन्स लिग (महिला) र १७ वर्षमुनिको एसियन कप छनोट (महिला) गरी चार वटा प्रतियोगिता गुमाएको थियो ।

१७ वर्षमुनिको एसियन कप छनोटमा ३५ टोली सहभागी छन् । टिमलाई सात समूहमा विभाजन गरिएको छ । प्रतियोगिता ‘सिंगल राउन्ड रोबिन’ प्रणालीका आधारमा खेलाइनेछ ।

प्रतियोगितामा विजेता टोली उज्वेकिस्तानमा हुने प्रतियोगिताका लागि छनोट हुनेछन् । एएफसीका अनुसार, अस्ट्रेलिया, चीन, जापान, दक्षिण कोरिया, कतार, साउदी अरेबिया, ताजाकिस्तान,उज्वेकिस्तान र भियतनामले फिफा १७ वर्षमुनिको विश्वकप खेलेका कारण सिधै छनोट भएका छन् ।

प्रकाशित मिति:
थप खेलकुद