नेभिगेशन

सुनको भाउ आज घट्यो

काठमाण्डाै – कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाउ तोलामा २ हजार ४०० रुपैयाँले घटेको छ । यो हप्ता गएको आइतबार र सोमबार बढेको सुन मंगलबारदेखि लगातार घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन आज ३ लाख १८ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो सुन ३ लाख २० हजार ९०० रुपैयाँ थियो । अस्ति बुधबार सुन तोलामा सामान्य घट्दै ३ लाख २२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

हप्ताको पहिलो कारोबार दिन आइतबार सुनको भाउ अघिल्लो हप्ता शुक्रबारको तुलनामा २ हजार ८०० रुपैयाँले बढेर ३ लाख १९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो । अघिल्लो हप्ता शुक्रबार सुन ३ लाख १६ हजार ७०० रुपैयाँ थियो ।

आज चाँदीको भाउ भने घटबढ भएको छैन । चाँदी हिजोको जस्तै आज पनि ४ हजार ९६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । हिजो चाँदी ७५ रुपैयाँले बढेर तोलाको चार हजार नौ सय ७५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति:
थप अर्थ