नेभिगेशन
मंगलबार, भदौ ३०, २०८३

डेभिड वार्नर एनपीएल खेल्न नेपाल आउने

काठमाण्डाै – अस्ट्रेलियाका चर्चित क्रिकेटर डेभिड वार्नर नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेट खेल्न नेपाल आउने भएका छन् ।

एनपीएलको टोली काठमाण्डौ गोर्खाजले तेस्रो संस्करणका लागि वार्नरलाई अनुबन्ध गरेको सामाजिक सञ्जालमार्फत जनाएको छ ।

३९ वर्षीय डेभिड वार्नर एनपीएल खेल्न आउने अहिलेसम्मकै ठूला नाम हुन् । यसअघि पहिलो संस्करणमा कर्णाली याक्सले भारतका शिखर धवन, दोस्रो संस्करणमा विराटनगर किङ्ग्सले दक्षिण अफ्रिकाका फाफ डु प्लेसिसलाई अनुबन्ध गरेको थियो ।

वार्नरले ११० टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा १ शतक र २८ अर्धशतकसहित ३ हजार २७७ रन बनाएका छन् । यस्तै उनले समग्र ४३९ टी–२० क्रिकेटमा १० शतक र ११८ अर्धशतकसहित १४ हजार २८४ रन बनाएका छन् ।

डेभिड वार्नरले अस्ट्रेलियाका लागि सन् २०१५ र २०२३ को एकदिवसीय विश्वकप, सन् २०२१ को टी–२० विश्वकप र सन् २०२३ को विश्व टेस्ट च्याम्पियनशिप जितेका छन् ।

वार्नरसँग भारतको आईपीएल, अस्ट्रेलियाको बीबीएल, वेस्ट इन्डिजको सीपीएललगायतका टी–२० लिग खेलेको अनुभव छ ।

प्रकाशित मिति:
थप खेलकुद