नेभिगेशन
शुक्रबार, असोज २, २०८३

मधेश प्रदेशसभा सदस्य खातुनको निधन

काठमाण्डाै – मधेश प्रदेशसभा सदस्य जैनब खातुनको निधन भएको छ । रौतहटको फतुवाबिजयपुर नगरपालिका–५ सन्तपुर दोस्तियाकी ६५ वर्षीया प्रदेशसभा सदस्य खातुनको आज निधन भएको हाे ।

फतुवाबिजयपुर नगरपालिकाकी उपम्यर अमबेया खातुनका अनुसार हिजाे बेलुकी उच्च रक्तचाप र मधुमेह बढेर बेहोस हुनुभएका उहाँलाई तत्काल उपचारका लागि पर्साकाे वीरगञ्जमा रहेकाे नेशनल मेडिकल अस्पताल लगिएको थियो ।

खातुन नेकपा (एमाले) बाट समानुपातिकतर्फ प्रदेशसभा सदस्य हुनुहुन्थ्यो । उहाँको आज धार्मिक परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारजनले बताएका छन् ।

मधेश प्रदेशसभाका सभामुख रामआशिष यादवले खातुनको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रकाशित मिति:
थप राजनीति