नेभिगेशन
शनिबार, असोज ३, २०८३

२० औँ एसियाली खेलकुदको औपचारिक उद्घाटन आज

काठमाण्डौ – आज २० औँ एसियाली खेलकुद (एसियाड) को औपचारिक उद्घाटन समारोह आज हुँदैछ ।

जापानको आइची–नागोयामा आयोजना भइरहेको उद्घाटन समारोहमा सहभागी हुने मार्चपासमा नेपालको राष्ट्रिय झण्डा बक्सिङका चन्द्रबहादुर थापा र कबड्डीकी मानमती विष्टले बोक्ने भएका छन् ।

राष्ट्रिय खेलकुद परिषद्का अनुसार चन्द्रबहादुर थापा दुबईमा भएको आईबा विश्व पुरुष बक्सिङ च्याम्पियनसिपका कांस्य पदक विजेता हुन् । यस्तै, मानमती विष्ट १९औँ एसियाली खेलकुदमा ऐतिहासिक कांस्य पदक जितेको नेपाली महिला कबड्डी टोलीकी कप्तान थिइन् ।

यो खेलमा नेपालबाट २१ खेलमा १३५ खेलाडी सहभागि छन् । आजदेखि औपचारिकरुपमा शुरु हुने प्रतियोगिता यही असोज १८ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद