नेभिगेशन
सोमबार, असोज ५, २०८३

देवानगञ्ज घटना : घाइते यादवको शरीरबाट गोली निकालियो

काठमाण्डाै – सुनसरीको देवानगञ्जमा गोली प्रहारबाट घाइते भएका २४ वर्षीय निरजकुमार यादवको शल्यक्रिया गरी शरीरबाट गोली निकालिएको छ ।

देवानगञ्ज गाउँपालिका–१ मध्यहर्षाहीमा रहेकाे बीपी चोकमा शनिवार बेलुकी गोली प्रहारबाट घाइते भएका यादवको विराटनगरमा रहेकाे नाेबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । उहाँको आज शल्यक्रिया गरी गोली निकालिएको जिल्ला प्रहरी कार्यालय सुनसरीका सूचना अधिकारी चन्द्रबहादुर खड्काले बताउनुभयो ।

यादवको कम्मरमुनिको दायाँ तिघ्रामा गोली लागेको छ । उहाँ हरिनगर बजारबाट मोटरसाइकलमा घर फर्किने क्रममा लक्ष्मीनारायण मन्दिर अगाडि गोली प्रहारबाट घाइते हुनुभएको थियो ।

घटनापछि प्रहरीले देवानगञ्ज गाउँपालिका–२ का १८ वर्षीय विष्णुकुमार यादव र २६ वर्षीय जयकृष्ण यादवलाई पक्राउ गरेको थियो । यस  घटनामा संलग्न अअरू व्यक्तिको खोजी भइरहेको सूचना अधिकारी खड्काले बताउनुभयो ।

युवतीको विषयलाई लिएर युवाबीच भएको विवादबाट उत्पन्न रिसइबीका कारण घटना भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
थप समाज