नेभिगेशन
बिहीबार, कात्तिक २६, २०८३

सांस्कृतिक सद्भावको केन्द्र बन्दै काठमाण्डौका पोखरी (फोटो फिचर)

काठमाण्डाै – छठ पर्वका लागि काठमाण्डौ उपत्यकाका विभिन्न नदी किनार, तलाउ तथा जलाशयमा तयारी तीव्र पारिएको छ ।

काठमाण्डौमा पछिल्ला वर्षमा छठ मनाउनेको सङ्ख्या बढ्दै गएपछि यस वर्ष पनि १७ ठाउँमा छठ घाट निर्माण, सरसफाइ तथा व्यवस्थापनको काम भइरहेको छ ।

गौरीघाट, गुह्येश्वरी, कमलपोखरी, बागमती नदी किनार, टेकु र वंशीघाटलगायत ठाउँमा छठ पर्व मनाउने तयारी गरिएको छ । छठका अवसरमा अस्ताउँदो र उदाउँदो सूर्यलाई अर्घ्य दिइ पूजा गर्ने परम्परा छ ।

चार दिनसम्म विभिन्न विधि र धार्मिक आस्थाका साथ मनाइने यस पर्वमा नदी, पोखरी तथा जलाशयका किनारमा पुगेर व्रतालुले सूर्यको उपासना गर्छन् ।

काठमाण्डौमा छठ मनाइने प्रमुख ठाउँमा गौरीघाट र गुह्येश्वरी क्षेत्र, कमलपोखरी, बागमती नदी किनारको थापाथली, टेकु, वंशीघाट, कुपण्डोल र बल्खु क्षेत्र रहेका छन् ।

त्यसैगरी विष्णुमती नदी किनार, नख्खु नदी किनार, तीनकुने दोभान, टङ्केश्वर, बोक्सीदह, कुलेश्वर, रामघाट तथा बालाजुमा रहेको बाइसधारामा पनि छठ पूजा गर्ने गरिएको छ ।

छठ पर्वअन्तर्गत पर्सि शनिवार कात्तिक २८ गते खरना विधि गरिनेछ । कात्तिक २९ गते आइतवार साँझ अस्ताउँदो सूर्यलाई अघ्र्य दिएर पूजा गरिनेछ भने कात्तिक ३० गते सोमवार बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि पर्व सम्पन्न हुनेछ ।

विशेषगरी तराई मधेशमा मनाइने छठ पछिल्लो समय काठमाण्डौ उपत्यकासहित पहाडी तथा हिमाली क्षेत्रमा विस्तार हुँदै गएको छ ।

3-1794470522.jpg

4-1794470522.jpg

5-1794470522.jpg

6-1794470522.jpg

2-1794470521.jpg

7-1794470523.jpg

8-1794470523.jpg

9-1794470523.jpg

तस्वीर : न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप समाज