नेभिगेशन
सोमबार, असोज ५, २०८३

महाशाखाले भन्याे – ‘न्यून चापीय प्रणालीकाे असर अहिले नै यकिन गर्न सक्ने अवस्था छैन’

काठमाण्डाै – माैसम पूर्वानुमान महाशाखाले यही असाेज ८ देखि १२ गतेसम्म ठूलाे वर्षाकाे सम्भावनाबारे सूचना निकालेर जानकारी गराएकाे छ ।

महाशाखाले आज निकालेकाे सूचनामा बङ्गालको खाडीमा विकसित न्यून चापीय प्रणाली अझ बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै गएको उल्लेख छ ।

यस प्रणालीका कारण नेपालमा समेत वर्षा हुन सक्ने भए पनि वर्षाको जोखिम कति हुने र कहाँ त्यसको सम्भावित असरकाे बारेमा अहिले नै यकिन गर्न नसकिने महाशाखाका मौसमविद् रोजन लामिछानेले जानकारी दिनुभएको छ ।

महाशाखाले यो प्रणालीको निरन्तर निगरानी गरिरहेको र अवस्था विकसित हुँदै जाँदा थप सूचना सार्वजनिक गर्ने जनाएको छ ।

1-1789906605.jpg

प्रकाशित मिति:
थप समाज