नेभिगेशन
मंगलबार, असोज ६, २०८३

एमाले सचिवालय बैठकबाट पार्टी पुनगर्ठन कार्यदलको प्रतिवेदन पारित

काठमाण्डाै – नेकपा (एमाले) को सचिवालय बैठकले चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको प्रतिवेदनलाई औपचारिकता दिँदै केन्द्रीय समितिमा प्रस्तुत गर्ने निर्णय गरेको छ ।

पार्टी कार्यालय च्यासलमा आज बसेको सचिवालय बैठकले प्रतिवेदनका विवादास्पद विषयलाई सम्बोधन गर्दै त्यसलाई केन्द्रीय समितिमा लैजाने निष्कर्ष निकालेको हो ।

एमाले उपमहासचिव लेखराज भट्टका अनुसार केन्द्रीय समिति बैठकका लागि अध्यक्षको मन्तव्य, राष्ट्रिय गान, नयाँ सदस्यहरूको मनोनयन तथा अध्यक्षको राजनीतिक प्रतिवेदनलगायतका विषय एजेन्डामा समावेश गरिएको छ । २९ पृष्ठ लामो प्रतिवेदन परिमार्जनसहित पारित भइसकेको उल्लेख गर्दै उहाँले अब प्रतिवेदनमा थप बहस आवश्यक नरहेको सङ्केत गर्नुभयो ।

केन्द्रीय समिति बैठकमा पार्टी पुनर्गठनका विषयमा केही नेताहरूले धारणा राख्ने तयारी गरिरहेको सन्दर्भमा उपमहासचिव भट्टले केन्द्रीय कमिटीमा हुने छलफल र बहसका आधारमा नै पार्टीको आउँदाे रणनीति तय हुने बताउनुभयो ।

प्रकाशित मिति:
थप राजनीति