नेभिगेशन
बिहीबार, असोज ८, २०८३

२०औं एशियाडमा भारतलाई पहिलो स्वर्ण, महिला क्रिकेटमा श्रीलंका १४७ रनले पराजित

काठमाण्डौ – जापानको इची–नागोयामा भइरहेको २०औं एशियन गेम्समा भारतले पहिलो स्वर्ण जितेको छ ।

भारतले महिला क्रिकेटबाट पहिलो स्वर्ण जित्न सफल भएको हो । हिजो भएको फाइनलमा भारतले श्रीलंकालाई १४७ रनको जितसहित स्वर्ण जितेको हो। पहिला ब्याटिङ गरेको भारतले स्मृति मन्धनाको ७९ रन, शाफाली बर्माको ४८ रन र रिचा घोषको ४९ रनको मद्दतमा ३ विकेटको क्षतिमा २१६ रन बनाएको थियो ।

२१७ रनको लक्ष्य पछ्याएको श्रीलंका ६९ रनमै अलआउट भयो । श्रीलंकाका लागि चमरी अथापट्टुले २९ रन बनाउँदा अरु ब्याटर सस्तैमा आउट भए । बलिङमा भारतका दिप्ती शर्माले ३ विकेट लिइन् भने शेफाली, श्रेयंका पाटिल र श्री चारानीले २–२ विकेट लिए ।

श्रीलंका भने रजतमा सीमित बन्यो । जारी एशियन गेम्समा श्रीलंकाको यो नै पहिलो पदक हो । भारतले १ स्वर्ण, ४ रजत र २ कास्य गरी ७ पदक जितिसकेको छ ।

प्रकाशित मिति:
थप खेलकुद