नेभिगेशन
बिहीबार, असोज ८, २०८३

शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहेको भन्दै सतर्क रहन प्रधानमन्त्री शाहको अनुरोध

काठमाण्डौ - आउँदो शुक्रबारदेखि आइतबारसम्म मौसम प्रतिकूल रहने भन्दै प्रधानमन्त्री वालेन्द्र शाहले नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गर्नुभएको छ। 

अमेरिकामा रहनु भएका प्रधानमन्त्री शाहले आज सामाजिक सञ्जालमार्फत मौसमजन्य विपदबाट जोगिन, पूर्वतयारी गर्न र सम्बन्धित निकायका सूचनालाई ध्यान दिन आग्रह गर्नुभएको हो ।

जल तथा मौसम विज्ञान विभागको पूर्वानुमानअनुसार असोज ९ गतेदेखि ११ गतेसम्म देशका धेरै स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षा हुने सम्भावना छ । 

प्रधानमन्त्री शाहले वर्षा भइरहेको बेला र रातिको समयमा राजमार्ग हुँदै यात्रा नगर्न पनि आग्रह गर्नुभयो । यस्तै, पदयात्रा तथा हिमाली क्षेत्रको भ्रमण मौसममा सुधार नआएसम्म स्थगित गर्नसमेत प्रधानमन्त्रीले आग्रह गर्नुभएको छ । 

जल तथा मौसम विज्ञान विभाग र स्थानीय प्रशासनले जारी गर्ने आधिकारिक सूचना नियमित रूपमा हेर्न र सोहीअनुसार आवश्यक सावधानी अपनाउनसमेत उहाँको आग्रह छ । 

प्रकाशित मिति:
थप समाज