नेभिगेशन
बिहीबार, असोज ८, २०८३

एमाले बैठकमा नेतृत्वदेखि वामपन्थी एकतासम्म बहस

काठमाण्डौ - नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा आगामी दिशा, नेतृत्व, सङ्गठन पुनर्गठन र वामपन्थी एकताको विषयमा छलफल भइरहेको छ ।

ललितपुरको भनिमण्डलको एक पार्टी प्यालेसमा आज बैठकको तेस्रो दिन हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यहरूले धारणा राखिरहेका छन् । एमाले उपमहासचिव योगेश भट्टराईले पार्टीको आगामी दिशाबारे छुट्टै लिखित धारणा प्रस्तुत गर्नुभएको छ । भट्टराईले वामपन्थी एकतालाई संख्या थप्ने अभियानका रूपमा मात्र बुझ्न नहुने बताउनु भएको छ ।

बैठकमा नेतृत्वको कार्यशैली, पार्टी सञ्चालनको विधि, संगठनको अवस्था र जनतासँग पार्टीको सम्बन्धबारे पनि केही सदस्यहरूले प्रश्न उठाएका छन् । 

प्रकाशित मिति:
थप राजनीति