नेभिगेशन
शुक्रबार, असोज ९, २०८३

एसियाली खेलकुद अन्तर्गत महिला कबड्डीको सेमिफाइनल नेपालले आज भारतसँग खेल्ने

जापानमा चलिरहेको २० औँ एसियाली खेलकुदमा नेपालले आज महिला कबड्डीको सेमिफाइनलमा भारतसँग प्रतिस्पर्धा गर्दैछ । नेपाल र भारतबीचको सेमिफाइनल खेल नेपाली समयानुसार बिहान सवा ९ बजेदेखि जापानको तोकाइ सिटिजन जिम्नेसियममा हुनेछ ।

यसअघि नेपालले समूह ‘बी’मा श्रीलंका, थाइल्यान्ड र चाइनिज ताइपेईसँग प्रतिस्पर्धा गरेको थियो । समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकालाई ३४–२५ अंकले पराजित गर्दै सेमिफाइनलमा स्थान बनाएको हो । यो जितसँगै नेपालले महिला कबड्डीमा पदकसमेत पक्का गरेको छ ।

यस्तै, भारत समूह ‘ए’मा इरान, जापान र बंगलादेशलाई पराजित गर्दै समूह विजेता बनेर सेमिफाइनलमा पुगेको हो । भारतले अन्तिम समूह खेलमा आयोजक जापानलाई ५०–२५ अंकले पराजित गरेको थियो । महिला कबड्डीको दोस्रो सेमिफाइनल आजै बेलुकी ६ बजे हुनेछ ।

महिला कबड्डीको स्वर्ण पदकका लागि फाइनल खेल भोलि दिउँसो १ बजे हुने तालिका छ । 

प्रकाशित मिति:
थप खेलकुद