नेभिगेशन
शुक्रबार, असोज ९, २०८३

एशियाली खेलकुद क्रिकेट : अफगानिस्तानले दियाे नेपाललाई १०३ रनकाे लक्ष्य

काठमाण्डाै – जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदकाे पुरुष क्रिकेटमा अफगानिस्तानले नेपाललाई १०३ रनको लक्ष्य दिएको छ ।

आइचीमा रहेको कोरोगी स्पोर्ट्स पार्कमा टस जितेर ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १०२ रन बनायो । अफगानिस्तानका फैसल खान अहमदजई र नजिबुल्लाह जाद्रानले समान ३० रन बनाए । नेपालका कुशल भुर्तेलले ४ र ललित राजवंशीले ३ विकेट लिए ।

प्रतियोगितामा नेपालको यो पहिलो खेल हो । अफगानिस्तानले हिजो जापानलाई हराएको थियो । समूह ‘ए’ मा नेपाल, अफगानिस्तान र जापान रहेका छन् ।

समूहबाट शीर्ष दुई टोली क्वाटरफाइनलमा पुग्नेछन् । क्वाटरफाइनलमा पुग्ने टोलीले भारत वा श्रीलङ्कामध्ये एक टोलीसँग खेल्नेछ ।

एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपाल र अफगानिस्तानबीच १२ वर्षपछि फेरि भेट भएको हो । सन् २०१४ मा दक्षिण कोरियाको इन्चोनमा भएको प्रतियोगितामा नेपाल अफगानिस्तानसँग ८ रनले पराजित भएको थियो ।

एशियाली खेलकुदको पुरुष क्रिकेटमा नेपालको यो चौथो सहभागिता हो । नेपाल अहिलेसम्म क्वाटरफाइनलभन्दा अगाडि बढ्न सकेको छैन ।

प्रकाशित मिति:
थप खेलकुद