नेभिगेशन
शनिबार, असोज १०, २०८३

काठमाण्डौ उपत्यकाका नदी किनारमा यात्रा नगर्न आग्रह

काठमाण्डाै – काठमाण्डौ उपत्यकाभित्रका नदीमा बाढीको सतह बढ्न थालेपछि ट्राफिक प्रहरीले करिडोर भएर यात्रा नगर्न आह्वान गरेको छ ।

ललितपुरको च्यासलमा बाढीले पुल छोएसँगै ट्राफिक प्रहरीले माइकिङ गरी करिडोरमा यात्रा नगर्न आग्रह गरेको हो ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहले खोला तथा नदीमा जलसतह बढेको हुँदा तटीय क्षेत्रमा पनि निगरानी बढाएको जनाएको छ ।

काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा हिजो/अस्तिदेखि नै निरन्तर वर्षा भइरहेको छ ।

ktm-flood-3-1790318618.jpg

ktm-flood-4--1790318618.jpg

ktm-flood-1790318618.jpg

ktm-flood-1-1790318617.jpg

तस्वीर : न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप समाज