नेभिगेशन
शनिबार, असोज १०, २०८३

कोशी ब्यारेजमा जलसतह बढेसँगै ३१ वटा ढोका खोलियो

काठमाण्डाै – कोशी ब्यारेजमा जलसतह बढेसँगै ३१ वटा ढोका खोलिएको छ । आज दिउँसो कोशी ब्यारेजमा २ लाख ४० हजार क्युसेक पानी मापन भएको छ । यो खतराको सङ्केत हो । कोशी ब्यारेजमा ५६ वटा ढोका रहेका छन् ।

बाढी पूर्वानुमान महाशाखाले सप्तकोशीमा बाढी बढ्दो क्रममा रहेकाले तल्लो तटीय तथा डुबान भइरहने क्षेत्रमा पर्सिसम्म नै उच्च सतर्कता अपनाउन अनुरोध गरेको छ ।

प्रकाशित मिति:
थप समाज