नेभिगेशन
शनिबार, असोज १०, २०८३

कुलेखानीमा जलसतह बढ्न नदिन पूर्ण क्षमतामा बिजुली उत्पादन

काठमाण्डाै – मकवानपुरको कुलेखानी जलविद्युत् आयोजनाको जलाशयमा जलसतह बढ्न नदिनका लागि तीन वटै युनिटमा पूर्णरूपमा विद्युत् उत्पादन भइरहेकाे छ ।

जलसतह बढ्ने र सम्भावित जोखिमलाई ध्यानमा राखेर पूर्ण क्षमतामा विद्युत् उत्पादन गरी पानीको अधिकतम प्रयोग भइरहेको कुलेखानी प्रथम जलविद्युत् केन्द्रका प्रमुख प्रह्लाद राउतले जानकारी दिनुभयो ।

अहिले कुलेखानी जलाशयको जलसतह १ हजार ५२२.७५ मिटर रहेको छ । उहाँले तीन वटै युनिटबाट पूर्णरूपमा विद्युत् उत्पादन भइरहेका कारण जलसतह थप धेरै बढ्न नपाएको जानकारी दिनुभयो ।

प्रमुख राउतका अनुसार १०६ मेगावाट क्षमताको कुलेखानी आयोेजनाको पहिलो युनिटबाट ६०, दोस्रोबाट ३२ र तेस्रो युनिटबाट १४ मेगावाट विद्युत् उत्पादन भइरहेको छ ।

जलसतह १ हजार ५२७ मिटर पुगेपछि सर्वसाधारणलाई सम्भाव्य जोखिमबाट जोगिन आवश्यक सतर्कता अपनाउन चेतावनी स्वरूप साइरन बज्ने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो ।

प्रकाशित मिति:
थप समाज