नेभिगेशन
शुक्रबार, असोज ९, २०८३

काेरला नाका क्षेत्रमा हिमपात

काठमाण्डाै – समुद्री सतहदेखि ४ हजार ६१० मिटरको उचाइमा रहेकाे नेपाल–चीन उत्तरी कोरला नाका क्षेत्रमा बेमौसमी हिमपात भएको छ । गएरातिकाे हिमपातले कोरला नाका क्षेत्र हिउँले सेताम्मे भएका छन् ।

जिल्ला प्रहरी कार्यालय मुस्ताङका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार मुस्ताङमा हिजाेदेखि निरन्तर वर्षा भइरहँदा उपल्लो मुस्ताङको नेपाल–चीन उत्तरी कोरला नाका क्षेत्रमा हिमपात भएको छ ।

कोरला नाका क्षेत्रमा हिमपात भएसँगै निकासी तथा पैठारीका कन्टेनर ढुवानीका साधनलाई आवतजावतमा समस्या देखिएको छ ।

वर्षेनि हिउँदयाम शुरू हुँदै गर्दा हिमपात हुने गरेकाे कोरला नाका क्षेत्रमा असोज महिनामै हिउँ परेकाे हो । हिमपातका कारण उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रका डाँडाकाँडा हिउँले सेताम्मे भएका छन् ।

त्यसैगरी लोमान्थाङ आसपासका बस्तीमा ठूलाे वर्षा भएकाे र बस्तीदेखि माथिका उच्च लेकमा आंशिक हिमपात भइरहेको एक्याप लोमान्थाङका कार्यालय प्रमुख उमेश पौडेलले जानकारी दिनुभयो । वर्षा र हिमपातसँगै उपल्लो क्षेत्रमा चिसो बढ्न थालेको एक्याप प्रमुख पौडेलको भनाइ छ ।

प्रकाशित मिति:
थप समाज