नेभिगेशन
शनिबार, असोज १०, २०८३

एशियाली शारीरिक सुगठनमा नेपाललाई स्वर्ण पदक

काठमाण्डौ – नेपालका शारीरिक सुगठन खेलाडी सगेन्द्र सिंहले बैंककमा जारी ५८औँ एशियाली शारीरिक सुगठन च्याम्पियनसिपमा स्वर्ण पदक जितेका छन्।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)का अनुसार उनले पुरुष ७५ केजी तौल समूहमा उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण जितेका हुन  । सिंहको यो वर्षको दोस्रो अन्तर्राष्ट्रिय स्वर्ण पदक हो ।

यसअघि भुटानमा भएको १६औँ दक्षिण एशियाली शारीरिक सुगठन च्याम्पियनसिपमा उनले ८० केजीतर्फ स्वर्णपदक जितेका थिए । उक्त प्रतियोगितामा नेपालले तीन स्वर्ण, तीन रजत र एक कास्यसहित सात पदक जितेको थियो ।

प्रकाशित मिति:
थप खेलकुद