नेभिगेशन
आइतबार, असोज ११, २०८३

नारायणी नदी तथा यसका सहायक नदीमा बाढीको उच्च जोखिम

काठमाण्डौ – नारायणी नदी तथा यसका सहायक नदीमा बाढीको उच्च जोखिम छ ।

बाढी पूर्वानुमान महाशाखाले आज बिहान पौने ८ बजे विशेष बाढी पूर्वानुमान बुलेटिन मार्फत नारायणीमा जलसतहले खतरा तह अर्थात् ९ मिटर पार गरी झण्डै ११ मिटर पुगेको जनाएको छ ।

नारायणीमा जलसतह अझै बढ्दो छ । नारायणीको प्रमुख सहायक नदीमध्ये कालीगण्डकीमा पानीको बहाव खतरा तहभन्दा माथि पुगेको छ ।

त्यसैगरी सेती, मादी, मस्याङ्दी, दरौँदी र चेपे नदीमा पनि बहाव बढ्दो छ । बुढीगण्डकी र त्रिशूली नदीमा बहाव सतर्कता तह नजिक पुगेको र बढ्दोक्रममा रहेको छ ।

नारायणी, कालीगण्डकीसहित विभिन्न नदीको तटीय क्षेत्रमा आज बेलुकासम्म उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Badhi-Notice-1790477381.jpg
 

प्रकाशित मिति:
थप समाज