नेभिगेशन
सोमबार, असोज १२, २०८३

एशियाली खेलकुद : टेनिसमा बास्तोला र खड्काको जोडी अन्तिम १६ मा

काठमाण्डाै – जापानमा चलिरहेको २०औँ संस्करणको एशियाली खेलकुदअन्तर्गत टेनिसको पुरुष डबल्सतर्फ नेपालका अभिषेक बास्तोला र प्रदीप खड्काको जोडीले विजयी शुरुआत गरेको छ ।

नायोगा सिटीको हिगाशियामा रहेको पार्क टेनिस सेन्टरमा आज भएको पहिलो चरणको खेलमा बास्तोला र खड्काको जोडीले मङ्गोलियाका बाराख मुन्खबातार र जोल्बदार उर्नुखको जोडीलाई ६–२, ४–६ र १४–१२ अङ्कले पराजित गरेको हो ।

यो जीतसँगै बास्तोला र खड्काको जोडीले प्रतियोगिताको अन्तिम १६ मा स्थान बनाएको छ । अब यो जोडीले क्वाटरफाइनल प्रवेशका लागि भारतीय खेलाडीसँग प्रतिस्पर्धा गर्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद