नेभिगेशन
मंगलबार, असोज १३, २०८३

मानव अधिकार आयोगले एसएसपी खड्कालाई बयानका लागि बोलायो

काठमाण्डाै – राष्ट्रिय मानव अधिकार आयोगले काठमाण्डाै उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) सन्तोष खड्कालाई हाजिर गराउन प्रहरी प्रधान कार्यालय नक्साललाई पत्र पठाएको छ ।

पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई मध्यरातमा पक्राउ गरेको विषयमा बुझ्न पुगेको आयोगको अनुगमन टोलीलाई कार्यालयमा प्रवेश नदिइएपछि आयोगले प्रहरीलाई पत्र लेखेको हो ।

आयोगका सहप्रवक्ता श्यामबाबु काफ्लेका अनुसार एसएसपी खड्कालाई भोलि आयोगमा उपस्थित गराउन निर्देशन दिइएको छ ।

सुरक्षा चुनौती रहेको भन्दै प्रहरीले जबरालाई पक्राउ गरेको थियो । त्यही घटनापछि आयोगका अधिकारीहरूले प्रहरी नेतृत्वलाई सम्पर्क गरे पनि ३५ मिनेटसम्म परिसरबाहिरै कुराएर फर्काएको थियो ।

प्रकाशित मिति:
थप राजनीति