नेभिगेशन
बुधबार, असोज १४, २०८३

एशियाडमा आर्चरीको टोली पदकविहीन

काठमाण्डौ –२०औँ एशियाली खेलकुदमा सहभागिता जनाएको नेपाली आर्चरी टोली पदकविहीन हुँदै प्रतिस्पर्धाबाट बाहिरिएको छ ।

हिजो कतारसँगको खेल हारेसँगै नेपाल  प्रतिस्पर्धाबाट बाहिरिएका हो । टोलीका प्रशिक्षक र खेलाडीहरूले आफ्नो व्यक्तिगत प्रदर्शनमा सुधार आएको बताए पनि अन्तर्राष्ट्रिय स्तरमा बढ्दो प्रतिष्पर्धा र आधुनिक अभ्यासको अभावका कारण अपेक्षित नतिजा हात पार्न नसकेको स्वीकार गरेका छन् ।

नेपाली आर्चरी टोलीका प्रशिक्षक प्रेमप्रसाद पुनले टोलीले नेपालको औसत स्कोर कायम राखे पनि विश्वस्तरको तिब्र प्रतिष्पर्धासँग जुध्न अझै धेरै काम गर्न बाँकी रहेको बताए  ।

खेलाडी ज्ञानु अवाले पानीमा कसरी खेल्ने भन्ने अनुभव नहुँदा स्कोरिङमा समस्या भएको प्रतिक्रिया दिएका छन् ।   

प्रकाशित मिति:
थप खेलकुद