नेभिगेशन
बुधबार, असोज १४, २०८३

ट्रम्प प्रशासनलाई तेस्रो देशमा आप्रवासी पठाउन सर्वोच्च अदालतद्वारा अनुमति

काठमाण्डौ – अमेरिकी सर्वोच्च अदालतले आप्रवासीहरूलाई तेस्रो देशमा समेत निर्वासन गर्न राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनलाई बाटो खोलिदिएको छ ।

सर्वोच्चले आप्रवासीहरूलाई उनीहरूकै देशबाहेक अन्यत्र पनि पठाउन सक्ने गरी ट्रम्प प्रशासनलाई अनुमति दिएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ ।

सर्वोच्चले ट्रम्प प्रशासनको आपत्कालीन निवेदन स्वीकार गर्दै तल्लो अदालतको आदेश कार्यान्वयनमा रोक लगाएको हो ।

बोस्टनको जिल्ला अदालतले यस्तो नीति गैरकानुनी ठहर गरेपछि त्यसविरुद्ध अमेरिकी न्याय मन्त्रालयले सर्वोच्च अदालतमा अपिल गरेको थियो । सर्वोच्च अदालतले तल्लो अदालतको आदेश रोक्दै निर्वासन प्रक्रिया पुनः शुरु गर्न अनुमति दिएको हो ।

यस विषयमा सर्वोच्च अदालतले आउँदो डिसेम्बरमा विस्तृत सुनुवाइ गर्ने भएको छ । मानवअधिकार समूहका अनुसार अहिलेसम्म २५ हजारभन्दा बढी आप्रवासीलाई २९ वटा तेस्रो देशमा पठाइसकेको छ ।
 

प्रकाशित मिति:
थप विश्व