नेभिगेशन
बुधबार, असोज १४, २०८३

इन्जिनियर सांसदलाई प्रधानमन्त्रीकाे आग्रह : ‘विज्ञताअनुसार देश विकासमा योगदान दिनुहोस्’

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाहले सांसदहरूलाई आफ्नो विज्ञताअनुसार देशको विकासमा योगदान दिन आग्रह गर्नुभएको छ ।

सिंहदरबारमा रहेकाे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज सङ्घीय संसद् प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने इन्जिनियर पृष्ठभूमिका सांसदहरूसँगको छलफलका क्रममा प्रधानमन्त्री शाहले राजनीतिक विषयभन्दा धेरै दीर्घकालीन नीति र नयाँ विचारमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘तपाईँहरु आफैँ प्राविधिक विषयमा जानकार हुनुहुन्छ, देशको नीतिनिर्माण गर्ने ठाउँमा हुनुहुन्छ, देश विकासका लागि आफ्नो ज्ञान, सीप र अनुभवको अधिकतम उपयोग गर्नुहोस् ।’

2-1790764498.jpg

प्रधानमन्त्री शाहले सांसदहरूलाई पार्टी राजनीतिसँगै आफ्नो प्राविधिक दक्षता र व्यावसायिक पहिचानलाई पनि प्राथमिकतामा राख्न सुझाव दिनुभयो । उहाँले चुनाव वा राजनीतिक गतिविधिका समयमा पार्टी राजनीतिमा सक्रिय हुनु स्वाभाविक भए पनि अन्य समयमा देश विकासका लागि प्राविधिक विषयमा केन्द्रित हुन आग्रह गर्नुभयो ।

छलफलमा पूर्वाधार विकासमन्त्री सुनील लम्साल, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहका साथै सांसदहरू तपेश्वर यादव, जगदीश खरेल (दोलखा), आशीष गजुरेल, उज्ज्वलकुमार झा, अरविन्द शाह, धर्मराज केसी, श्रीराम न्यौपाने, सागर ढकाल, सुशील खड्का र डा. राम लामाको उपस्थिति थियो ।

प्रकाशित मिति:
थप राजनीति