नेभिगेशन
शुक्रबार, असोज १६, २०८३

लोकतान्त्रिक थलोको गरिमा कायम राख्न सबैको भूमिका महत्त्वपूर्ण : सभामुख अर्याल

काठमाण्डौ - प्रतिनिधि सभाको चालु अधिवेशन आज औपचारिक रूपमा सम्पन्न भएको छ । बैठकलाई सम्बोधन गर्दै सभामुख डोलप्रसाद अर्यालले कानून निर्माणमा सांसदहरूले देखाएको सक्रियता, संसदीय मर्यादा र सत्तापक्ष तथा प्रतिपक्षबीचको सहकार्यको प्रशंसा गर्नुभयो । 

सभामुख अर्यालले लोकतान्त्रिक थलोको गरिमा कायम राख्न सबैको भूमिका महत्त्वपूर्ण रहने बताउनुभयो । साथै उहाँले संसद् केवल बहुमतको प्रक्रिया मात्र नभई जनमुखी बहस र संवादको थलो भएको बताउँदै जनप्रतिनिधिले त्यसैअनुरूप भूमिका निर्वाह गरेको उल्लेख गर्नुभयो । 

सभामुख अर्यालले आफू नेतृत्वको प्रतिनिधि मण्डलले तान्जानियामा आयोजना हुन लागेको अन्तर–संसदीय सङ्घको महासभामा नेपालको तर्फबाट हिमाली देशका चुनौती र जलवायु वित्तका सवाललाई सशक्त रूपमा उठाउने जानकारी पनि दिनुभयो ।
 

प्रकाशित मिति:
थप राजनीति