नेभिगेशन
आइतबार, असोज १८, २०८३

भारतसँगको एकदिवसीय श्रृंखलामा वेस्टइन्डिज क्लिन स्वीप हुनबाट जोगियो

काठमाण्डौ – भारत र वेस्टइन्डिजबीचको तीन खेलको एकदिवसीय क्रिकेट शृंखलामा वेस्टइन्डिज क्लिन स्वीप हुनबाट जोगिएको छ ।

तीन खेलको शृंखला भारतले २–१ ले जितेको छ । पहिलो खेलमा भारतले वेस्टइन्डिजलाई ८ विकेटले पराजित गरेको थियो ।

त्यस्तै दोस्रो खेलमा पनि भारत ८ विकेटले विजयी भयो । यस्तै हिजो चण्डीगढमा भएको तेस्रो खेलमा वेस्टइन्डिजले भारतलाई ५ विकेटले पराजित गर्दै श्रृंखलामा क्लिन स्वीप हुनबाट जोगिएको हो ।

भारतले दिएको ३५२ रनको लक्ष्य वेस्टइन्डिजले ५ विकेट गुमाएर पूरा गरेको थियो । यो खेलमा वेस्टइन्डिजका शाई होपले अविजित १६२ रन बनाए ।

प्रकाशित मिति:
थप खेलकुद