नेभिगेशन
आइतबार, असोज १८, २०८३

सार्वभौम नेपाली नागरिकको मतको सम्मान गर्नुपर्छ : सभापति लामिछाने

काठमाण्डाै – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सरकार परिवर्तनका लागि आन्दोलनभन्दा चुनाव नै एकमात्र वैधानिक विकल्प भएको बताउनुभएको छ ।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनकाे उद्घाटन सत्रलाई सम्बोधन गर्दै सभापति लामिछानेले लोकतन्त्रलाई बलियो बनाउन चुनावकाे नतिजालाई सम्मान गर्नुपर्नेमा जोड दिनुभएको हो । उहाँले पछिल्लो समय सडक आन्दोलनमार्फत सरकार ढाल्ने र निर्वाचन प्रणालीमाथि नै प्रश्न उठाउने प्रवृत्तिप्रति गम्भीर आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘हामीलाई विस्थापित गर्ने अचूक उपाय चुनाव हो । आन्दोलनबाट सरकार ढाल्ने होइन, अब चुनावबाट सरकार फेरौँ । लोकतन्त्रलाई चुनावको अभ्यासबाट मात्रै बलियो बनाउन सकिन्छ । नागरिकले मतदान गरेर दिएको जनादेशलाई अपमान गर्ने, चुनाव नै गलत थियो भन्ने वा सुरक्षा निकाय र विदेशी हस्तक्षेपको आरोप लगाएर हल्का टिप्पणी गर्ने काम बन्द गर्नुपर्छ । सार्वभौम नेपाली नागरिकको मतको सम्मान गर्नुपर्छ ।’

आन्दोलन र अस्थिरताको राजनीतिले देशको निकास नदिने भन्दै सभापति लामिछानेले वर्तमान राजनीतिक परिवेशमा लोकतान्त्रिक संस्कारको विकास गर्नुपर्ने खाँचो औँल्याउनुभयो ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप राजनीति