नेभिगेशन
बुधबार, असोज २१, २०८३

खेलाडीले प्रशिक्षकलाई थुकेकाे घटनाबारे यूईएफएले अनुसन्धान गर्ने

काठमाण्डाै – युरोपेली फुटबलको नियामक निकाय (यूईएफए) ले आइतवार भएको ‘नेशन्स लिग’ अन्तर्गत आयरल्यान्ड र इजरायलबीचको खेलमा थुकेको घटनाबारे अनुशासनात्मक अनुसन्धान शुरू गर्ने जनाएको छ ।

तनावपूर्ण खेलका क्रममा इजरायली खेलाडीले आयरल्यान्डको प्रशिक्षक टोलीका एक सदस्यमाथि थुकेको आरोप लागेको छ । सर्बियामा भएको खेलका क्रममा खेलाडीबाट भएका सम्भावित दुर्व्यवहारको विषयमा छानबिन गर्ने यूईएफएले भनेको छ ।

आयरल्यान्डका प्रशिक्षक टोलीका सदस्य डेमियन डोयलले मध्यान्तरको सिटी बजेपछि एक इजरायली खेलाडीले आफूमाथि थुकेको आरोप लगाएकाबारे आइरिश सञ्चारमाध्यमहरूले समाचार प्रकाशित गरेका थिए ।

यद्दपि खेलपछिको पत्रकार सम्मेलनमा थुकिएको घटनाबारे सोधिएको प्रश्नमा आयरल्यान्डका मुख्य प्रशिक्षक हेइमिर हलग्रिमसनले विस्तृत विवरण दिन अस्वीकार गरेका थिए । उनले यस विषयमा टिप्पणी नगर्ने तथा अनुशासन समितिले नै छानबिन गर्ने बताएका थिए ।

प्रकाशित मिति:
थप खेलकुद