नेभिगेशन
आइतबार, असोज २५, २०८३

भारतमा पक्राउ परेका प्रदर्शनकारीलाई तत्काल रिहा गर्न ‘यूएनएचसीआर’ को आग्रह

भारतमा भैरहेको विरोध प्रदर्शनका क्रममा पक्राउ परेकाहरुलाई तत्काल रिहा गर्न संयुक्त राष्ट्रसङ्घको मानव अधिकार उच्चायुक्तको कार्यालय (यूएनएचसीआर) ले आग्रह गरेको छ ।

दिल्लीमा हिजो भएको बृहत् प्रदर्शनको क्रममा र त्यसभन्दा अघि पक्राउ परेका नेता, नागरिक समाजका सदस्य, वकिललगायतका विषयमा चिन्ता व्यक्त गर्दै यूएनएचसीआरले  तत्काल र बिना शर्त रिहा गर्न भनेको हो ।

सीजेपीका नेता अभिजित दिपकेलाई प्रहरीले दिल्ली विमानस्थलमा जहाजभित्रै पसेर पक्राउ गरेको थियो भने सीजेपीकै नेताहरु सौरभ दास र आशुतोष राङ्कासहित अन्य केही नेताहरु पनि पक्राउ परेका छन् ।

मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा माग गर्दै कक्रोच जनता पार्टी (सीजेपी) को नेतृत्वमा जन्तरमन्तरतर्फ अघि बढ्नेक्रममा एक हजार ५०० भन्दा धेरैको संख्यामा युवा प्रदर्शनकारी पक्राउ परेका दिल्लीको प्रहरी स्रोतलाई उद्धृत गरी बीबीसीले जनाएको छ ।

मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामा नआएसम्म प्रदर्शनलाई निरन्तरता दिने सीजेपीले जनाएको छ । प्रमुख निर्वाचन आयुक्तमाथि मतदाता नामावलीबाट ठूलो सङ्ख्यामा मतदाताहरू हटाइएको आरोप छ । तर भारतको निर्वाचन आयोगले आरोप अस्वीकार गर्दै आएको छ ।

यस्तै भारतीय लोकसभामा विपक्षी दलको तर्फबाट नेता राहुल गान्धीले प्रदर्शनप्रति आफ्नो ऐक्यवद्धता रहेको बताउनुभएको छ । उहाँले संविधानको रक्षा तथा भारतीय नागरिकको आवाजको सुरक्षाका लागि आफ्नो सङ्घर्ष निरन्तर रहने बताउनुभएको छ 

प्रकाशित मिति:
थप विश्व