नेभिगेशन
आइतबार, कात्तिक १, २०८३

आज तराईसहित धेरै ठाउँको मौसम सफा

काठमाण्डौ - आज तराईसहित धेरै ठाउँको मौसम सफा छ । अबका केही दिन तराईको मौसम सफा नै रहने अनुमान छ । 

तर हिमाल र पहाडका एक/दुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज र भोलि हिमालीसँगै कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी भागका एक/दुई ठाउँमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । 

यसपालि दशैँको मुख्य दिन बुधबार विजयादशमीसम्म नै मौसम मुख्यतः सफा रहनेछ । धेरैजसो ठाउँमा मौसम सफा रहेकाले धान काट्ने, भित्र्याउनेलगायत खेतीका काम गर्न सकिने मौसमविद्ले बताएका छन् ।  
 

प्रकाशित मिति:
थप समाज