नेभिगेशन
शुक्रबार, कात्तिक ६, २०८३

राष्ट्र बैंकद्वारा सुरक्षा सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह

काठमाण्डौ - नेपाल राष्ट्र बैंकले वेबसाइटसम्बन्धी गम्भीर सुरक्षा जोखिम देखिएको भन्दै सुरक्षा सतर्कता अपनाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ । 

बैंकले आज अत्यन्त जरुरी सूचना निकालेर वेब प्रविधि अर्थात् ‘पीएचपी’मा देखिएको सुरक्षा जोखिमलाई ध्यानमा राखेर आफ्नो वेबसाइटलगायतका सेवाहरू पनि अस्थायी रूपमा बन्द गरेको जनाएको छ । राष्ट्र बैंकले यस अवधिमा बैंकसँग सम्बन्धित अत्यावश्यक सूचना तथा जानकारीका लागि बैंकका आधिकारिक सामाजिक सञ्जाल प्रयोग गर्न अनुरोध गरेको छ । 

त्यसैगरी, साइबर सुरक्षामा विशेष ध्यान दिन, आवश्यक सुरक्षा सतर्कता अपनाउन, प्रयोगमा रहेका प्रणालीलाई सुरक्षित बनाउन र नियमित सुरक्षा निगरानी बढाउन बैंक तथा वित्तीय संस्थालाई आग्रह गरेको छ ।

855646250_1101037039223938_2390498718423812646_n-(2)-1792724524.jpg
 

प्रकाशित मिति:
थप अर्थ