नेभिगेशन
शुक्रबार, कात्तिक २०, २०८३

सार्वजनिक बसमा महिलालाई हातपात तथा दुर्व्यवहार  गर्ने तीनजना पक्राउ

काठमाण्डौ – सार्वजनिक बसमा महिला यात्रुलाई हातपात तथा दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुर प्रहरीले तीनजना युवकलाई पक्राउ गरेको छ ।

गएको मंगलबार काठमाण्डौबाट महेन्द्रनगरको लागि छुटेको महाकाली यातायातको सुपप्र ०२–००१ ख १५६३ नम्बरको रात्रीबसमा यात्रारत एक युवतीलाई दुर्व्यवहार गरेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

पक्राउ पर्नेमा भीमदत्त नगरपालिका–९ मटैना निवासी २१ वर्षका समीर बिष्ट र २४ वर्षीय अनिल नाथ तथा भीमदत्त नगरपालिका–३ तिलकेनीका २१ वर्षीय जीवन बम रहेका छन् ।

उनीहरुले युवतीलाई बसभित्रै दुर्व्यवहार गरेको र रक्सी खाएका उनीहरुको हर्कतविरुद्ध युवतीले प्रतिवाद गरेको भिडियो पनि सार्वजनिक भएको थियो । आफूमाथि दुर्व्यवहार भएको भन्दै पीडित युवतीले प्रहरीमा निवेदन दिएपछि उनीहरु पक्राउ परेका हुन् ।

प्रकाशित मिति:
थप समाज