नेभिगेशन
शुक्रबार, कात्तिक २०, २०८३

यू–१९ एशिया कप : नेपालले दियाे भारतलाई १२९ रनकाे लक्ष्य

काठमाण्डाै – १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले आफ्नाे पहिलाे खेलमा भारतलाई १२९ रनकाे लक्ष्य दिएकाे छ । 

ओमानकाे अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेकाे नेपालले ४३ ओभर ३ बलमा १२८ रन बनाउँदा सबै विकेट गुमायाे । नेपालका दर्श साेनारले सबैभन्दा धेरै ४३ रन बनाए । भारतका ईशान सूद र अर्जुन रातपुतले ३–३ विकेट लिए ।

प्रतियाेगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स रहेका छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश, मलेशिया र श्रीलङ्का रहेका छन् ।

१९ वर्षमुनिको एशिया कप यही कात्तिक २८ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद