नेभिगेशन
शुक्रबार, कात्तिक २०, २०८३

यू–१९ एशिया कप : भारतसँग नेपाल १० विकेटले पराजित

काठमाण्डाै – १९ वर्षमुनिको एशिया कप क्रिकेटमा नेपालले आफ्नो पहिलो खेलमा भारतसँग १० विकेटले पराजित भएको छ ।

नेपालले दिएको १२९ रनको लक्ष्य भारतले १९ ओभर १ बलमा कुनै पनि विकेट नगुमाई भेटायो । भारतका आर्यवीर सहवागले ७०, लक्ष्य रायचन्दानीले ५३ रन बनाए ।

यसअघि ओमानको अल अमिरात क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको नेपालले ४३ ओभर ३ बलमा सबै विकेट गुमाएर १२८ रन बनाएको थियो । नेपालका दर्श सोनारले सबैभन्दा धेरै ४३ रन बनाए । भारतका ईशान सूद र अर्जुन रातपुतले ३/३ विकेट लिए ।

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । यो समूहमा नेपालसँगै भारत, पाकिस्तान र संयुक्त अरब इमिरेट्स रहेका छन् । यस्तै समूह ‘बी’ मा अफगानिस्तान, बङ्गलादेश, मलेशिया र श्रीलङ्का रहेका छन् ।

१९ वर्षमुनिको एशिया कप यही कात्तिक २८ गतेसम्म चल्नेछ ।

प्रकाशित मिति:
थप खेलकुद