नेभिगेशन
शुक्रबार, कात्तिक २०, २०८३

चुनावी पराजयपछि पनि अमेरिकी रक्षामन्त्री र विदेशमन्त्री पदमै रहने

अमेरिकामा मध्यावधि चुनावमा रिपब्लिकन पार्टीले हार ब्यहोरेको भए पनि रक्षामन्त्री पिट हेगसेथ र विदेशमन्त्री मार्को रुबियो पदमै रहने ह्वाइट हाउसले जनाएको छ ।

दुवै मन्त्रीले पद छाड्न लागेको भन्ने समाचारको ह्वाइट हाउसले खण्डन गरेको बीबीसीले जनाएको छ । साथै विदेशमन्त्री रुबियोले पनि पद छाड्ने तयारीमा नरहेको बताउनुभएको छ ।

रिपब्लिकन पार्टीको चुनावी पराजयपछि राष्ट्रपति डोनाल्ड ट्रम्प र उपराष्ट्रपति जेडी भान्स दुवैले इरान युद्धलाई हारको कारण बताउनुभएको छ ।

डेमोक्र्याटहरूले अमेरिकी प्रतिनिधिसभा र सिनेट दुवैमा पकड कायम गरेका छन् ।

रिपब्लिकन पार्टीले मध्यावधि चुनावमा पराजय भोगेपछि ट्रम्प प्रशासनमा गर्न लागिएका परिवर्तनमा रक्षामन्त्री हेगसेथ र विदेशमन्त्री रुबियोले पद गुमाउन सक्ने अमेरिकी सञ्चारमाध्यममा चर्चा हुँदै आएको छ ।

प्रकाशित मिति:
थप विश्व