नेभिगेशन
शनिबार, कात्तिक २१, २०८३

एनपीएलमा आज काठमाण्डौ र लुम्बिनी खेल्दै

काठमाण्डौ – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) मा आज काठमाण्डौ गोर्खाज र साविक उपाधि विजेता लुम्बिनी लायन्सले खेल्दैछन् । यो खेल बेलुका ५ बजे त्रिवि क्रिकेट रंगशालामा शुरु हुनेछ ।

प्रतियोगितामा अपराजित लुम्बिनी ७ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । काठमाण्डौ ४ अंकसहित तालिकाको चौथो स्थानमा छ ।

यसअघि हिजो दुई खेल भएकोमा पोखरा एभेन्जर्स चितवन राइनोजसँग तथा कर्णाली सुदूरपश्चिमसँग पराजित भयो । लगातार चौथो खेल गुमाएको पोखरा तालिकाको पुछारमा छ । उसको प्ले–अफ सम्भावना पनि लगभग सकिएको छ ।

कर्णालीका डेभिड मिलरले डेब्यु खेलमै अविजित ९३ रन बनाए पनि टोलीको हार टार्न सकेनन् ।

प्रकाशित मिति:
थप खेलकुद