नेभिगेशन
शुक्रबार, कात्तिक २७, २०८३

चीन भ्रमणलाई घुमघाममा मात्र सीमित नराख्न रास्वपा सांसदलाई प्रधानमन्त्रीकाे निर्देशन

काठमाण्डाै – प्रधानमन्त्री वालेन्द्र शाहले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसदहरूलाई चीन भ्रमणलाई घुमघाममा मात्रै सीमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिनुभएको छ ।

पर्सि आइतवार कात्तिक २९ देखि आउँदाे मङ्सिर १० गतेसम्म हुने चीन भ्रमणबारे आज प्रधानमन्त्री शाहलाई जानकारी गराउने क्रममा भएको भेटपछि रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीले दुई देशबीचको विशिष्ट सम्बन्धलाई थप प्रगाढ बनाउने गरी भ्रमणलाई फलदायी बनाउन सुझाव दिएको बताउनुभयो ।

उहाँका अनुसार प्रधानमन्त्रीले चीन भ्रमणका क्रममा नेपालको हितलाई केन्द्रमा राखेर अध्ययन, छलफल र अनुभव आदानप्रदान गर्न निर्देशन दिनुभएको छ ।

चीनबाट नेपालले प्रविधि, व्यापार, अर्थतन्त्र, पर्यटन तथा कृषिको आधुनिकीकरणलगायतका क्षेत्रमा महत्त्वपूर्ण लाभ लिन सक्ने भएकाले यी विषयमा विशेष ध्यान दिन प्रधानमन्त्री शाहले आग्रह गर्नुभएको बुर्लाकोटीले जानकारी दिनुभयो ।

उहाँका अनुसार चीनबाट लिन सकिने सम्भावित आर्थिक तथा प्राविधिक लाभका विषयमा गम्भीर अध्ययन गर्नुपर्नेमा प्रधानमन्त्रीको जोड रहेको छ ।

चिनियाँ कम्युनिस्ट पार्टीले तयार पारेको भ्रमण तालिकामा पनि यस्ता विषय समेटिएका रास्वपा प्रमुख सचेतक बुर्लाकाेटीले जानकारी दिनुभयाे ।

– न्युज एजेन्सी नेपाल

प्रकाशित मिति:
थप राजनीति