नेभिगेशन
शुक्रबार, कात्तिक २७, २०८३

छठ पर्वका अवसरमा साेमवार पनि सार्वजनिक बिदा

काठमाण्डाै – सरकारले छठ पर्वका अवसरमा कात्तिक ३० गते सोमवार पनि सार्वजनिक बिदा दिएको छ । गृह मन्त्रालयले आज सूचना निकालेर सोमवार सार्वजनिक बिदा दिइएको जानकारी गराएको हो ।

कात्तिक २९ गते छठको मुख्य दिन आइतवार सार्वजनिक बिदा छ । छठ पर्वमा अघिल्लो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिने र त्यसको भोलिपल्ट उदाउँदो सूर्यलाई अर्घ्य दिई व्रत समापन गर्ने परम्परा रहिआएकाले भोलिपल्ट सोमवार समेत सार्वजनिक बिदा दिइएको सूचनामा उल्लेख छ ।

छठ पर्व आजदेखि शुरू भएको छ । पहिलाे दिन ‘नहाय खाय’ विधि गरिएकाे छ ।

1-1794561045.jpg

प्रकाशित मिति:
थप समाज