नेभिगेशन
शनिबार, कात्तिक २८, २०८३

चीन भ्रमणमा जाने रास्वपाको टोलीद्वारा सभापति लामिछानेसँग छलफल

काठमाण्डौ – चीन भ्रमणमा जान लागेको सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रतिनिधिमण्डलले आज पार्टीका सभापति रवि लामिछानेलेसँग भेटवार्ता गरेको छ ।

आज बिहान टोलीले पार्टी सभापति लामिछानेसँग उहाँकै निवास बुढानिलकण्ठमा पुगेर छलफल गरेको हो ।

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को औपचारिक निमन्त्रणामा रास्वपा महामन्त्री विपिनकुमार आचार्यको नेतृत्वमा पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डल भोलिदेखि चीन भ्रमणमा जाँदैछ । यसअघि टोलीले प्रधानमन्त्री वालेन्द्र शाहसँग भेट गरेको थियो ।

उहाँले चीन भ्रमणलाई घुमघाममा मात्रै सिमित नराखी नेपालको राष्ट्रिय हित र दुई देशबीचको सम्बन्ध सुदृढ बनाउन केन्द्रित गर्न निर्देशन दिनुभएको थियो ।

आचार्यको नेतृत्वमा रास्वपाको २० सदस्यीय उच्चस्तरीय प्रतिनिधिमण्डल भोलि चीन प्रस्थान गर्दैछ ।

प्रकाशित मिति:
थप राजनीति